सामुदायिक विद्यालय राम्रो बनाउनु पर्नेमा उपप्रमुखको जोड
मध्यपुर थिमि,१५ चैत्र, २०७९ः
मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजय कृष्ण श्रेष्ठ र अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका प्रतिनिधि मण्डल बिच भेटघाट भएको छ।
अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले मध्यपुर थिमि नगरपालिकामा रहेको विद्यालयहरुले नियम प्रकुया नपुर्याई शुल्क बृद्धि गरेको बारे नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजय कृष्ण श्रेष्ठ्को ध्यानाकर्षण गरेको छ।
भेटघाटमा प्रमुख सुरेन्द्र श्रेष्ठले विद्यालयहरुले शुल्क बृद्धि गरेको गुनासो आएपछि सबै बिद्यालयको शुल्क बिबरण माग गरेको बताउनुभयो । उहाँले अव तुरुन्तै शिक्षा समितिको बैठक बसेर शिक्षा एैन कानु्न र नियमावाली अनुसार संचालन गराउन र कानुनी प्रकृया, नियम संगत संचालन गराउने बारे पहल गर्ने बताउनुभयो ।
उहाँले आवश्यक परे शिक्षा समितिमा अभिभाबकलाई पनि आमन्त्रण गर्न सकिने बताउनुभयो । उहाँले मातृभूमि स्कूलमा पाँच पाँच हजार शुल्क बढाएको जानकारी आएको बताउँदै एकैचोटी धेरै शुल्क बढाउन नदिने र भौतिक पूर्वाधार र सुविधाको आधारमा शुल्क निर्धारणको लागि छलफल चलाउने बताउनुभयो ।

भेटघाटको अबसरमा उपप्रमुख विजयकृष्ण श्रेष्ठले बिद्यालयहरुमा बैज्ञानिक शुल्क निर्धारणको लागि पहल गर्ने बताउनुभयो । उहाँले सामुदायिक विद्यालय राम्रो बनाउनु पर्नेमा जोड दिनु हुदै स्थायी शिक्षकहरुले राजनीतिमा बदि ध्यान दिँदा समस्या आएको बताउनु भयो। हाल मध्यपुरमा संचालनमा रहेका १८ वटा सामुदायिक बिद्यालयहरुको स्तर उन्नतिको लागि नगरपालिकाले बिशेष योजना ल्याउने बताउनु भयो।
भेटघाटमा संघका अध्यक्ष रामकृष्ण प्रजापतिले नियम कानुन मिचेर शुल्क बृद्धि गर्ने विद्यालयलाई शुल्क बृद्धि रोकी कार्यवाही गर्नुपर्ने बताउँदै शुल्क बृद्धिले अभिभावकको ढाड सेक्ने कार्य हुने बताउनुभयो । उहाँले अभिभावकलाई मार नहुने गरी स्थानिय सरकार संगको सहकार्यमा मात्र शुल्क बृद्धि ्हुनु पर्ने माग गर्नुभयो । उहाँले अभिभावकहरु शिक्षाको सरोकारवाला भएकोले शिक्षा समिति र शुल्क निर्धारण समिति्मा राख्न वा आमन्त्रण गर्न अनुरोध गर्दै अभिभावकका समस्याहरु अभिभावकहरुले नै थापा पाउने भएकोले अभिभावकहरुसंग सम्बन्धित हरेका विषयमा सरोकारवाला राखेर छलफल गरे सकारात्मक संदेश जाने बताउनुभयो ।
उक्त प्रतिनिधि मण्डलमा अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका बरिष्ठ उपाध्यक्ष राम सुवाल, सचिव आशराम सुवाल, सह सचिव राजकुमार लघु, कोषाध्यक्ष कृष्णप्रसाद दुमरु र अभिभावक रत्न काजि प्रजापति सहभागि हुनु भएको थियो।
