मध्यपुरको लोहकिल्थलीमा दिउँसै चोरी

मध्यपुर थिमि, चैत्र १६, २०७९ः

मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थली स्थित एक घरमा बुधवार दिउँसो करिव ७ लाख बराबरको धनमाल चोरी भएको छ । लोहकिल्थली स्थित ईन्द्रशान व्याङक्वेट नजिक ईश्वर कार्कीको तीन तल्ले घरको दोस्रो तलामा डेरा गरी बस्ने सिरहा मिरचैया नगरपालिका–४ का राधेश्याम साहको डेरामा सो चोरी भएको हो ।

स्टाण्डर्ड चार्टर बैंक नयाँ बानेश्वरमा कार्यरत साहको फ्ल्याटको मुल ढोका फुटाई चोरी गर्ने समूह भित्र प्रवेश गरी भित्रको तिन वटा कोठाको ताला समेत फुटाई कोठामा रहेको २ वटा काठको दराजमा रहेको नगद ४ लाख ५० हजार, सुनको करिव डेढ तोलाको सिक्री र शैक्षिक प्रमाणपत्रहरु चोरी भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एसपी प्रजित केसीले बताउनुभयो । चोरी गर्ने समूहले ल्यापटप तोडफोड गर्नुका साथै काठका दराज र लत्ताकपडामा समेत क्षति गरेको पाईएको एसपी केसीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!