काठमाडौं ।
एबी पेलेट फिड प्रा.लि.ले पोल्ट्री तथा क्याटल फिड व्यवसाय विस्तारका लागि विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले बिक्री व्यवस्थापन र फार्म सञ्चालनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित योग्य तथा अनुभवी जनशक्ति छनोट गर्न लागेको जनाएको छ।
कम्पनीका बजार ब्यबस्थापक दिपेश लामिछानेका अनुसार सेल्स म्यानेजर, सेल्स एक्जिक्युटिभ तथा फार्म सुपरभाइजर पदमा गरी कुल २० जना कर्मचारी आवश्यक रहेका छन्।
सेल्स म्यानेजर (पोल्ट्री तथा क्याटल फिड) पदका लागि बी.भी.एस्सी. तथा ए एच अध्ययन पूरा गरी कम्तीमा तीन वर्षको अनुभव भएका वा अन्य विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा पाँच वर्षभन्दा बढी अनुभव भएका उम्मेदवार आवेदन दिन सक्नेछन्। उक्त पदमा कार्यरत व्यक्तिले देशभर बिक्री रणनीति निर्माण तथा कार्यान्वयन गर्नुपर्नेछ।
त्यसैगरी क्याटल फिडका लागि पाँच जना सेल्स एक्जिक्युटिभ (काठमाडौं) र पोल्ट्री फिडका लागि पाँच जना सेल्स एक्जिक्युटिभ (चितवन) माग गरिएको छ। यी पदका लागि सम्बन्धित क्षेत्रमा कम्तीमा तीन वर्षको कार्य अनुभव आवश्यक पर्ने कम्पनीले जनाएको छ।
ललितपुरस्थित पोल्ट्री फार्मका लागि पाँच जना फार्म सुपरभाइजर पनि माग गरिएको छ। उक्त पदका लागि जेटी वा जेटिए (लाइभस्टक वा पोल्ट्री) अध्ययन पूरा गरी एकदेखि दुई वर्षको कार्य अनुभव भएका उम्मेदवारलाई प्राथमिकता दिइनेछ।
कम्पनीका अनुसार तलब तथा सेवा सुविधा आपसी सहमतिमा निर्धारण गरिनेछ भने योग्य उम्मेदवारका लागि तलबमा कुनै सीमा नराखिएको छ।
इच्छुक उम्मेदवारले आगामी माघ १५ गतेभित्र आफ्नो बायोडाटा abpelletfeed@gmail.com मा इमेलमार्फत पठाउनुपर्नेछ।
