भक्तपुर, १९ फागुन २०८२ः
चुनावको मुखमा भक्तपुरको सूर्यविनायकबाट आज मंगलबार विहान राइफलसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति गोरखा पालुङटार नगरपालिका वडा नं. ९ घर भई हाल सूर्यविनायक नगरपालिका वडा नं. ८ भुम्डोल बस्ने ३१ वर्षीय आयन सेढाई हुन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार, उनीसँंग ए८८९६ नम्बरको इन्सास राइफल, एस.एल.आर राइफलका ४ राउन्ड, प्लास्टिक राउन्ड १ थान, सटगन राउन्ड १ थान, खुकुरी १ थान, खुकुरीको दाप २ थान, बन्चरो १ थान, र लागूऔषध प्रयोगमा प्रयोग हुने सिरिन्ज ५ थान बरामद गरिएको छ।
पक्राउको समय मंगलबार विहान ९ बजे रहेको बताइएको छ। प्रहरीले थप अनुसन्धान जारी राखेको छ भने, परिसरका डीएसपी प्रकाश जबेगूले जानकारी दिए।