सुर्खेत, १९ चैत २०८२:
कर्णाली प्रदेश सरकार अन्तर्गत पन्छी विकास निर्देशनालयले बर्ड फ्लू (Avian Influenza) संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सुर्खेत जिल्लामा पन्छी तथा पन्छीजन्य वस्तुको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा हिजो बसेको बर्ड फ्लू नियन्त्रण समितिको बैठक तथा पशु सेवा विभाग को चैत ९ गतेको निर्णयअनुसार यो कदम चालिएको हो।निर्देशनालयका अनुसार झापा जिल्ला, मोरङ जिल्ला, सुनसरी जिल्ला तथा भरतपुर महानगरपालिका–४ (चितवन) का बर्ड फ्लू प्रभावित तथा निगरानी क्षेत्रबाट सुर्खेतमा पन्छी, मासु, अण्डा र सुली (feathers/waste) आयात गर्न चैत २५ गतेसम्म पूर्ण रूपमा निषेध गरिएको छ।
यो निर्णयले सम्भावित संक्रमणलाई अन्य क्षेत्रमा फैलिनबाट रोक्न मद्दत गर्ने विश्वास गरिएको छ। सम्बन्धित निकायले सबै व्यवसायी, किसान तथा सरोकारवालालाई उक्त निर्णय पालना गर्न आग्रह गरेको छ।
निर्देशनालयका निमित्त निर्देशक डा. ऋषभ गुरागांईद्वारा जारी सूचनामा उल्लंघन गरेमा कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।
