काठमाडौं । औषधि व्यवस्था विभागले २०८३ वैशाख २ गते देखि कार्यालय प्रवेशका लागि प्रवेश कार्ड अनिवार्य गर्ने भएको छ। विभागले भीडभाड नियन्त्रण र सेवा प्रभावकारी बनाउन यो व्यवस्था लागू गर्न लागेको हो।
औषधि उत्पादक तथा पैठारीकर्ता कम्पनीहरूले एक जना आधिकारिक प्रतिनिधि तोकी आवश्यक विवरण चैत ३० भित्र बुझाउनुपर्नेछ। कानुन अधिकृत मनोज कुमार गुप्ताले जारी सूचनामा सेवाग्राही र विद्यार्थीलाई भने यो व्यवस्था लागू नहुने उल्लेख गरिएको छ।
