बढ्यो अण्डाको मुल्य

काठमाडौ, २१ चैत्र २०८२:

नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको नया समर्थन बिक्री मूल्य निर्धारण गरेको छ। संघले भोलि मिति २०८२ चैत्र २२ गतेदेखि लागू हुने गरी चितवनलाई आधार मानी अण्डाको समर्थन मूल्य तय गरेको हो।

संघको आज बसेको बैठकले बजारको वस्तुगत अवस्था, अण्डा उत्पादक किसानहरूको सुझाव तथा सरोकारवालासँगको छलफलका आधारमा यो निर्णय गरिएको हो। निर्धारित नया मूल्य अनुसार एक क्रेट एक्सएल अण्डा रु ४७५, ठूलो अण्डा रु ४५० र मिडियम अण्डा रु ४०० कायम गरिएको छ। उक्त मुल्यमा थप रु १४५ रुपिया प्रति कार्टुन (७ क्रेट) भाडा तथा कार्टुन बापत लाग्ने छ।

संघले निर्धारण गरिएको उक्त मूल्यलाई आधार मानी कारोबार गर्न सम्पूर्ण उत्पादक तथा व्यवसायीलाई अनुरोध समेत गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!