काठमाडौँ । प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्याल ले सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालय मा पदबहाली गर्नुभएको छ ।
आज अपराह्न रामचन्द्र पौडेल बाट पद तथा गोपनीयताको शपथ लिएपछि उहाँले सभामुखको कार्यभार सम्हाल्नु भएको हो । उहाँलाई संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेय लगायत उच्च अधिकारीले स्वागत गर्नुभएको थियो ।