औषधिका ६ नयाँ प्रकारको स्तर स्वीकृत, दर्ता प्रक्रिया अघि बढ्ने बाटो खुला

काठमाडौँ । औषधि व्यवस्था विभाग ले विभिन्न ६ प्रकारका औषधि तथा समिश्रणको स्तर (स्ट्यान्डर्ड) अनुमोदन गरेको छ। विभागले आज सूचना जारी गर्दै औषधि सल्लाहकार समितिको ५८औँ बैठकको सिफारिसअनुसार उक्त निर्णय गरिएको जनाएको हो।

मिति २०८२ चैत २२ गतेको विभागीय निर्णयअनुसार स्वीकृत गरिएका औषधिहरूमा Lurasidone ट्याब्लेट, Sulphamethoxazole & Trimethoprim पाउडर, Meloxicam र Paracetamol संयोजन बोलस, Finerenone ट्याब्लेट, Mecobalamin डिस्पर्सिबल ट्याब्लेट तथा Albendazole बोलस रहेका छन्।

विभागका अनुसार ती औषधिहरूका लागि छुट्टाछुट्टै ‘एनालिटिकल प्रोफाइल’ (Analytical Profile) समेत निर्धारण गरिएको छ, जसले औषधिको गुणस्तर परीक्षण, संरचना र मापदण्ड स्पष्ट गर्नेछ। यससँगै सम्बन्धित औषधिहरूलाई नेपालमा उत्पादन, आयात तथा दर्ता प्रक्रियामा लैजान आवश्यक आधार तयार भएको विभागले जनाएको छ।

औषधि व्यवस्थापन क्षेत्रमा यस निर्णयलाई नयाँ औषधि तथा संयोजनहरूलाई नियमन भित्र ल्याउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!