डा. नारायणदत्त कँडेल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौँ, २२ चैत्र २०८२ः

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको महान्यायाधिवक्ता पदमा अधिवक्ता नारायणदत्त कँडेल लाई नियुक्त गर्नुभएको छ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बागलुङ निवासी कँडेललाई उक्त पदमा नियुक्त गर्नुभएको हो।

राष्ट्रपतिको कार्यालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नियुक्तिको औपचारिक जानकारी दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!