काठमाडौं — विश्वप्रसिद्ध ब्रान्ड Midea ले आफ्नो अत्याधुनिक Midea Xtreme Plus Inverter AC नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गरेको छ। राजधानीमा आयोजित विशेष कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित कलाकार महानायक राजेश हमालले उत्पादन अनावरण गर्दै स्मार्ट कूलिङ प्रविधिको नयाँ युग सुरु भएको घोषणा गर्नुभयो।
कार्यक्रममा उद्योग क्षेत्रका अग्रणी व्यक्तित्व, व्यवसायिक साझेदार तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कम्पनीले आधुनिक जीवनशैलीअनुसार स्मार्ट, ऊर्जा-कुशल र शक्तिशाली कूलिङ समाधान उपलब्ध गराउने लक्ष्यसहित यो उत्पादन बजारमा ल्याएको जनाएको छ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुदै कलाकार हमालले भन्नुभयो, “म Midea Xtreme Plus सार्वजनिक गर्न पाउँदा गर्व महसुस गर्छु। बढ्दो ऊर्जा खर्च र तातिँदो मौसमका बीच नेपाली उपभोक्तालाई स्मार्ट र प्रभावकारी समाधान आवश्यक छ, र यो उत्पादन त्यसकै उत्कृष्ट विकल्प हो।”
नयाँ Xtreme Plus Inverter AC मा अत्याधुनिक DC Inverter प्रविधि र AI-आधारित प्रदर्शन अनुकूलन प्रणाली समावेश गरिएको छ। चिसो तथा तातो दुवैका लागि उपयुक्त यो एसीले आरामदायी तापक्रम प्रदान गर्नुका साथै ऊर्जा बचतमा उल्लेखनीय योगदान दिने कम्पनीको दाबी छ।

यसको AI-आधारित ऊर्जा अनुकूलन प्रणालीले प्रयोगको ढाँचाअनुसार काम गर्दै अनुकूल अवस्थामा ७५ प्रतिशतसम्म ऊर्जा बचत गर्न सक्ने बताइएको छ। प्रयोगकर्ताले स्मार्ट एपमार्फत वास्तविक समयमा बिजुली खपत ट्र्याक गर्न सक्ने सुविधा पनि उपलब्ध छ।
स्मार्ट कनेक्टिभिटी सुविधासहित आएको यस एसीलाई स्मार्टफोन, ट्याब्लेट, स्मार्ट स्पिकर तथा स्मार्टवाचमार्फत नियन्त्रण गर्न सकिन्छ। प्री-कुलिङ, तापक्रम नियन्त्रण तथा भ्वाइस कमाण्ड जस्ता सुविधाले प्रयोगलाई थप सहज र आधुनिक बनाउँछ।
नेपालको भौगोलिक तथा मौसमी विविधतालाई ध्यानमा राखी डिजाइन गरिएको यस एसीले ५५ डिग्री सेल्सियससम्मको तापक्रममा समेत भरपर्दो रूपमा काम गर्न सक्छ। साथै, ९०V देखि २६५V सम्मको भोल्टेज रेंजले बारम्बार हुने भोल्टेज उतारचढावमा पनि स्थिर सञ्चालन सुनिश्चित गर्छ।
उत्पादनमा समावेश ‘Air Magic Technology’ ले हावामा रहेका ब्याक्टेरिया तथा भाइरसलाई कम गर्दै स्वच्छ र स्वास्थ्यकर वातावरण बनाउन मद्दत गर्ने कम्पनीको भनाइ छ।
नेपालमा Midea Air Conditioners का आधिकारिक वितरक Air Experts का निर्देशक नवीन भन्सालीले भन्नुभयो, “यो केवल उत्पादन सार्वजनिक कार्यक्रम होइन, नेपाली उपभोक्तालाई सुविधा र दक्षताको नयाँ स्तर प्रदान गर्ने पहल हो। Xtreme Plus ले अन्तर्राष्ट्रिय प्रविधिलाई नेपाली जीवनशैलीसँग जोडेको छ।”
२० वर्षभन्दा बढी समयदेखि नेपाली बजारमा सक्रिय Midea ले विश्वसनीयता र नवप्रवर्तनमा बलियो पहिचान बनाउँदै आएको छ। Xtreme Plus Inverter AC को सार्वजनिकसँगै कम्पनीले भविष्य–उन्मुख, स्मार्ट र ऊर्जा-कुशल कूलिङ समाधानप्रति आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।
Video: