संयोजकमा रमेश प्रजापती
मध्यपुर थिमि, चैत्र १९,२०७९:
रत्न काजो प्रजापती
मध्यपुर थिमि नगरपालिका अन्तर्गत मध्यपुर पर्यटन बिकास समिति गठन गरिएको छ। पर्यटन बिज्ञ रमेश प्रजापतिको संयोजकत्वामा उक्त समिती गठन गरिएको हो।
एतिहासिक तथा पुरात्वात्विक महत्व बोकेको मध्यपुर थिमिमा रहेका पर्यटकीय क्षेत्रको पहिचान, पर्यटन उद्योगको बिकास र प्रबर्द्धन गर्ने उद्देश्यका साथ यो समिती गठन गरिएको संयोजक प्रजापतिले बताउनु भयो।
आगामि दिनहरुमा मध्यपुर थिमि नगरपालिकामा पर्यटन विकास र प्रबर्द्धन गरी पर्यटकीय उद्योगको माध्यमले आय आर्जन गर्ने योजना रहेको संयोजक प्रजापतिले जानकारी दिनुभयो।
बिभिन्न पर्यटन क्षेत्रमा क्रियाशील ब्यक्तित्वहरु संग छलफल गरी गठन गरिएको समिति गठनको सचिबमा अधिबक्ता शिव सुन्दर श्रेष्ठ, सदस्यहरुमा कबिदास धौबजी, सिद्धिचरण श्रेष्ठ , राजेश श्रेष्ठ , चन्द्र चक्रधर, बिक्रम बादे, बिनोद श्रेष्ठ , सुनिल श्रेष्ठ , रमेश श्रेष्ठ र रत्न केशरी प्रजापती रहेका छन ।
आगामि दिनहरुमा मध्यपुर थिमि नगरपालिकामा पर्यटन विकास र प्रबर्द्धन गरी पर्यटकीय उद्योगको माध्यमले आय आर्जन गर्ने योजना निर्माण र कार्यान्वयन गर्न यहाँहरु सबैको सल्लाह , सुझाव र सहयोगको हार्दिक अनुरोध गर्दछौं।