राष्ट्रपतिद्वारा वैशाख २८ गते संघीय संसद् अधिवेशन आह्वान

काठमाडौँ, वैशाख २२ गते :

रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को अधिवेशन आह्वान गर्नुभएको छ।

मङ्गलबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपतिले उक्त मितिमा दिउँसो २ बजे अधिवेशन बोलाउनुभएको हो।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते सोमबार दिउँसो २ बजे संघीय संसद भवन मा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्य ले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!