प्रधान न्यायाधीशमा डा. शर्माको नाम सिफारिस

काठमाडौं, वैशाख २४ गते ।

संवैधानिक परिषद्ले डा. मनोजकुमार शर्मालाई सर्वोच्च अदालतको प्रधान न्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बसेको परिषद् बैठकले उहाँलाई प्रधान न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालका अनुसार न्याय परिषद्ले भावी प्रधान न्यायाधीश नियुक्तिका लागि ६ जना न्यायाधीशको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो।

सिफारिस सूचीमा डा. मनोजकुमार शर्मासँगै हाल कामु वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरि फुयाँल, तिलप्रसाद श्रेष्ठडा. नहकुल सुवेदी रहनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!