पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : तत्कालीन अर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार भएको आरोपमा तत्कालिन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विमानस्थल निर्माणका क्रममा मूल सम्झौताको प्रावधान विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिई आर्थिक अनियमितता गरिएको आरोप लगाएको छ । आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार उक्त प्रकरणमा तीन अर्ब ६२ करोड पाँच लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

मुद्दा दायर गरिएकामध्ये तत्कालीन अर्थसचिव शङ्करप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवद्वय सुरेश आचार्यदुण्डुराज घिमिरे, पूर्वसचिव केबल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम र निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलगायत रहेका छन् ।

यसैगरी उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्यालविरुद्ध पनि आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

आयोगले निर्माण कम्पनी CAMC कम्पनीका अध्यक्ष, परियोजना व्यवस्थापक तथा कम्पनी व्यवस्थापकविरुद्ध समेत मुद्दा दायर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!