काठमाडौँ । नेपाल पशुपंक्षी औषधि व्यवसायी संघका सदस्य तथा नन्दनी समीक्षा भेट सेन्टरका सञ्चालक शशी चन्द्र सापकोटाको निधन भएको छ।
लामो समयदेखि क्यान्सर रोगबाट पीडित सापकोटाको उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उहाँको निधनको खबरले पशुपंक्षी औषधि व्यवसाय क्षेत्रमा शोक छाएको छ।
संघले दिवंगत सापकोटाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गरेको छ। साथै शोकसन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना पनि गरिएको छ।
पारिवारिक स्रोतका अनुसार सापकोटाको पार्थिव शरीरको अन्तिम संस्कार आज बिहान १०:३० बजे देवघाटमा गरिने जनाइएको छ।