मातृभाषा राष्ट्रिय सेवा पुरस्कारबाट प्राध्यापक तुलाधर सम्मानित

काठमाडौँ, वैशाख २९ गते ।

नेपाल भाषा साहित्यका इतिहासकार तथा समालोचक प्रेमशान्ति तुलाधरलाई मातृभाषा राष्ट्रिय सेवा पुरस्कार २०८२ प्रदान गरिएको छ। नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले प्रदान गरेको उक्त पुरस्कारसँगै उहाँलाई एक लाख रुपैयाँ नगद प्रदान गरिएको हो।

वि.सं. २००८ मा काठमाडौंको भोटाहिटीमा जन्मनुभएकी तुलाधर नेपालभाषामा एम.ए. गर्ने पहिलो महिला तथा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा एम.ए. गर्ने पहिलो महिला हुनुहुन्छ। उहाँले पद्मकन्या क्याम्पसमा ३५ वर्ष तथा नेपाल भाषा केन्द्रीय विभागमा पाँच वर्ष अध्यापन गर्नुभएको थियो।

उहाँको ‘नेपालभाषा साहित्यया इतिहास’ लगायतका कृतिहरू नेपालभाषा अध्ययनमा महत्वपूर्ण मानिन्छन्। यसअघि यो पुरस्कारबाट सत्य मोहन जोशी सम्मानित भइसक्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!