चौतारा साँगाचोकगढी।
नेपाल पशुपंक्षी औषधि व्यवसायी संघ केन्द्रिय समितिको आयोजनामा चौतारा साँगाचोकगढी नगरपालिका–४, कुबिण्डे मा एकदिने पशु स्वास्थ्य शिविर तथा निःशुल्क पशु औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

शिविरमा करिब ५०० घरधुरीका २,५०० भन्दा बढी पशुचौपायाले सेवा प्राप्त गरेका छन्। कार्यक्रममा करिब ३ लाख रुपैयाँ बराबरको पशु औषधि निःशुल्क वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख कृष्ण सापकोटाले ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य सेवा विस्तार आवश्यक रहेको उल्लेख गर्दै यस्ता शिविरले किसानलाई प्रत्यक्ष राहत पुग्ने बताए। वडा नं. ४ का अध्यक्ष कुमार शर्मा ले स्थानीय स्तरमा पशु उपचार तथा औषधि पहुँच अभिवृद्धिमा कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिए।
शिविरमा संघका केन्द्रिय अध्यक्ष रितेश रिमाल, उपाध्यक्ष सुना सुवेदी बडाल तथा सदस्यहरू हरि बहादुर भुजेल, अर्जुन नेपाल, दिपक सेन र मणिराम चौधरी को उपस्थिति रहेको थियो।
कान्तिपुर भेट डिस्ट्रीब्युटर्स, कान्तिपुर फर्मास्युटिकल्स ल्याब, पाथीभरा भेट डिस्ट्रीब्युटर्स, पञ्चकन्या भेट डिस्ट्रीब्युटर्स, आरोहण भेट डिस्ट्रीब्युटर्स, फाल्कन भेट डिस्ट्रीब्युटर्स, सुनाखरी भेट डिस्ट्रीब्युटर्स, मिरर भेट डिस्ट्रीब्युटर्स, भेटवेज तथा भास्कर हर्बास्युटिकल्सले शिविरका लागि औषधि सहयोग गरेका थिए।
आयोजक संघका अनुसार दुर्गम तथा ग्रामीण क्षेत्रमा पशु स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले आगामी दिनमा पनि यस्ता निःशुल्क शिविरलाई निरन्तरता दिइनेछ।