व्यवसायीहरूको साझेदारीमा अघि बढ्दै VMC Pharmaceuticals, पशु औषधि सेवा देशभर विस्तार गर्दै

चितवन । भरतपुर–४, चितवनमा स्थापित VMC Pharmaceuticals Pvt. Ltd. नेपालमै उत्पादनमा आधारित पशु औषधि कम्पनीको रूपमा छोटो समयमै आफ्नो व्यवसायिक दायरा विस्तार गर्न सफल भएको छ । सन् २०२१ मा स्थापना भएको कम्पनीले सुरुवाती चरणमा चितवन जिल्लालाई केन्द्र बनाएर सेवा सञ्चालन गरे पनि हाल आफ्नो पहुँच देशभर विस्तार गरिसकेको जनाएको छ।

करिब १८ करोड रुपैयाँ लगानीमा स्थापना भएको कम्पनीले हाल पोल्ट्री तथा क्याटल (कुखुरा र गाईवस्तु) लक्षित औषधि उत्पादन तथा बजार व्यवस्थापन गर्दै आएको छ । कम्पनीसँग हाल २४ प्रकारका उत्पादन रहेका छन्, जसमा पाउडर तथा लिक्विड स्वरूपका पशु औषधि समावेश छन्।

कम्पनीको एक सकारात्मक पक्षका रूपमा करिब १८ जना पशु औषधि व्यवसायीहरू नै शेयर सदस्य (लगानीकर्ता) रहेको बताइएको छ । यसले बजार अनुभव, व्यवसायिक नेटवर्क तथा पशु स्वास्थ्य क्षेत्रको आवश्यकतालाई उत्पादनसँग जोड्न सहज भएको कम्पनीको विश्वास छ।

हाल कम्पनीको उत्पादन कारखाना तनहुँको देवघाट गाउँपालिका–५, त्रिभुवनटारस्थित करिब २१ कठ्ठा क्षेत्रफलमा सञ्चालनमा रहेको छ । आधुनिक उत्पादन पूर्वाधारसहित कम्पनीले पशु स्वास्थ्य क्षेत्रमा गुणस्तरीय औषधि उत्पादनलाई प्राथमिकता दिएको जनाएको छ।

कम्पनीले आगामी दिनमा पेट प्रोडक्ट, एन्टिबायोटिक्स तथा एन्टिहेल्मिन्टिक्स उत्पादन गर्ने योजना अघि बढाएको छ । यससँगै उत्पादन विविधीकरण र बजार विस्तारलाई थप प्रभावकारी बनाउने लक्ष्य कम्पनीको रहेको छ।

हाल कम्पनीमा ७ जनाको फिल्ड फोर्स टिम सक्रिय रहेको छ, जसले देशका विभिन्न क्षेत्रमा पशु औषधिको पहुँच विस्तार, बजार व्यवस्थापन तथा प्राविधिक समन्वयमा काम गरिरहेको कम्पनीले जनाएको छ।

अध्यक्ष पूर्णचन्द्र सापकोटा तथा प्रबन्ध निर्देशक सालिकराम दवाडीको नेतृत्वमा सञ्चालित VMC Pharmaceuticals ले नेपाली पशु स्वास्थ्य क्षेत्रमा गुणस्तरीय, भरपर्दो तथा प्रभावकारी औषधि उत्पादनमार्फत योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!