राष्ट्रको लागि २ घण्टा अभियानको माओवादी केन्द्रसँगको अन्तर्क्रिया कार्यक्रम सम्पन्न

मध्यपुर थिमि, चैत्र २३, २०७९ः

राष्ट्रको लागि २ घण्टे अभियानको आगामी कार्यदिशा र यसको प्रभावकारी कार्यान्वयनको सवालमा भक्तपुर जिल्लाभित्र रहनुहुने नेकपा माओवादी केन्द्रको विभिन्न तहका नेतृत्व सँग अभियानले विशेष अन्तरक्रिया कार्यक्रम गरेको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर जिल्ला ईन्चार्ज दिलिप कुमार प्रजापतिज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय.सदस्य एवं बागमती प्रदेशका पूर्व सासंद एब अभियान सल्लाहकार प्रतिमा श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय.सदस्य एवं वागमती प्रदेश मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार डि.पी ढकाल, नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय.सदस्य उमा कपाली,नेकपा माओवादी केन्द्र भक्तपुर जिल्ला संयोजक सुनिल गोठे बासु, नेपाल प्रध्यापक संघका केन्द्रीय सचिव उमेश लम्साल,नेकपा माओवादी केन्द्र,वागमती प्रदेश सदस्य एवं वाईसिएल केन्द्रीय सचिव दिनेश थपलिया लगायतका स्थानिय नेताहरुको सहभागिता रहेको थियो।

अन्तर्क्रिया कार्यक्रम सम्बोधन गर्दै प्रमुख अतिथि प्रजापतिले पार्टी प्रतिनिधि एवं जिल्लाको सिंगो पार्टी पंक्तीको हैसियतले अभियानमा पूर्ण साथ र सहयोग रहिरहने प्रतिबद्धता जनाउँदै २ घण्टा अभियानको थालनी गरेकोमा अभियान र अभियन्ताहरु प्रति विशेष धन्यवाद प्रकट गर्नुभयो।

बिशेष अतिथि डि.पी ढकालले प्रदेस एब संघिय सरकारको तर्फबाट अभियानमा सबै प्रकारको सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै आगामि सरकारको योजनामा समाबेश गर्नु पर्ने बिषयहरुको बारेमा अबगत गराउन भन्नु भयो।

अर्का अतिथि प्रतिमा श्रेष्ठले अभियानमा कुनै पनि कमी हुन नदिने गरी आवश्यक सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दै रास्ट्रको लागि दुई घण्टा अभियानले जिल्ला समन्वय समिति,जिल्ला प्रशासन,चारवटै नगरपालिका एवं चारवटै सुरक्षा निकाय तथा संघसंस्थाहरु सँग आवश्यक समन्वय गरि अघि बढेको अवस्थामा मात्रै अभियानको ओझमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका उपस्थित अन्य सम्पुर्ण वक्ताहरुबाट अभियानले थालनी गरेको योजनाले पूर्ण सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

समग्र उठान भएका जिज्ञासाहरुलाई अभियानको तर्फबाट अध्यक्ष मधु ढुगेंलज्यूले स्पष्ट पार्दै नेकपा माओवादी केन्द्रको अभियान प्रतिको सकारात्मक सोच र २ घण्टे अभियानलाई प्रभावकारी सञ्चालनार्थ पार्टीको तर्फबाट गर्ने गराउने पूर्ण सहयोगको प्रतिबद्धता प्रति कृतज्ञता जाहेर गर्दै अभियानको तर्फबाट सम्पुर्ण पार्टीपंक्तीलाई धन्यवाद ब्यक्त गर्नुभयो।

अभियानका अध्यक्ष मधु ढुगेंलको सभापतित्व एवं महासचिव नबराज काफ्लेको सन्चालनमा भएको कार्यक्रममा अभियानको उद्धेश्य र औचित्य माथि अभियानका उपाध्यक्ष जयराज पौडेलज्यूले प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!