मध्यपुर थिमि, चैत्र २३, २०७९ः
मध्यपुर थिमिमा यहि चैत्र २५ गते उपत्यकाव्यापी धिमे बाजा प्रतियोगिता हुने भएको छ । मध्यपुर थिमि नगरपालिकाको आयोजनामा हुने सो प्रतियोगिताको सम्योजन श्री विष्णुवीर धिमे बाजा खलः ले गर्नेछ।
प्रतियोगितामा उपत्यकाका ३२ वटा धिमे खलः, पुचःहरु सहभागी हुने जानकारी पत्रकार सम्मेलन मार्फत दिएको छ । हालसम्म ३० वटा खलः तथा पुचःले नाम दर्ता गरिसकेको जानकारी गराउदै आयोजक समितिका सहसंयोजक प्रदीप श्रेस्थले प्रतियोगितामा भाग लिन ईमेलबाट पनि दर्ता गर्न सकिने बताउनु भयो। प्रतियोगितामा उपत्यकाका भक्तपुर, चाँगुनारायण, बालाजु, ठेचो, गोकर्ण, धर्मस्थली, बज्रबाराही, किर्तिपुर लगायतका स्थानका धिमे खलः तथा पुचःले नाम दर्ता गरिसकेको छ।
प्रतियोगितामा प्रथम हुनेलाई नगद ४० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, दोस्रोलाई नगद २० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, तेस्रोलाई नगद १० हजार, शिल्ड, मेडल र प्रमाणपत्र, सान्त्वना पुरस्कार स्वरुप नगद ५ हजार, मेडल, शिल्ड र प्रमाणपत्र प्रदान गरिनेछ ।