काठमाडौँ , चैत्र २४,२०७९:
उपत्यका मेयर्स फोरमको अध्यक्षमा ललितपुर उपमहानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन चयन भएका छन् ।
काठमाडौँ उपत्यकामा रहेका महानगरपालिका, उपमहानगरपालिका तथा नगरपालिकाका प्रमुख रहनु हुने सो फोरमको उपाध्यक्षमा सुर्यबिनायक नगरपालिका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरी, सचिवमा टोखा नगरपालिका नगर प्रमुख प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वर नगरपालिका प्रमुख कृष्णहरि महर्जन र सहसचिवमा मध्यपुर थिमिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ चयन भएका छन् ।
बिहीबार सम्पन्न फोरमको बैठकले नयाँ कार्यसमिति चयन गर्दै उपत्यकामा प्रवेश गर्ने प्रमुख नागढुङ्गा नाकामा ‘अटोमेटिक भेहिकल डिटेक्सन एन्ड मनिटरिङ सिस्टम’ जडान गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । यसका लागि करिब रु दुई करोड लगानी आवश्यक पर्ने जनाइएको छ ।