अध्यक्षमा प्रकाश श्रेष्ठ निर्वाचित
बुटवल, चैत्र २४, २०७९:
नेपाल पशुपन्छी औषधी व्यावसायी संघ लुम्बिनी प्रदेशको तेश्रो अधिवेशन तथा छैठौ साधारण सभा आज बुटवलमा सम्पन्न भएको छ।
अधिबेशनले प्रकाश श्रेष्ठको नेतृत्वमा नया प्रदेश कार्यसमिती निर्बिरोध निर्वाचित गरेको छ ।
नया कार्यसमितिको उपाध्यक्षमा आयत तर्फ बिष्णु भण्डारी , थोक तर्फ बिकाश गौतम र खुद्रा तर्फ खिमलाल खनाल, सचिबमा दिपेन्द्र बराल, सह सचिबमा मोती पोखरेल र कोषाध्यक्षमा आशा राना खनाल निर्वाचित हुनु भएको छ ।
त्यसैगरी सदस्यहरुमा जानकी गैरे, सुर्य भट्टराई, प्रज्वल सुवेदी, जङबहादुर बराल, शिबलाल शर्मा र छोटिलाल चौधरी निर्वाचित हुनु भएको छ ।
संघका केन्द्रिय अध्यक्ष पुर्णचन्द्र सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशनमा संघका प्रथम उपाध्यक्ष रितेश रिमाल, उपाध्यक्ष लक्ष्मण घिमिरे, महासचिव नारायण भुजेल, कोषाध्यक्ष सुना सुवेदी बडाल लगायत केन्द्रिय सदस्यहरु हुमाकान्त काफ्ले, केशब शर्मा, एकनारायण पौडेल समेतको उपस्थिति रहेको थियो।
नेपाल पशुपन्छी औषधि ब्यबसायी संघ नेपाल भरीका पशुपन्छी औषधि ब्यबसायीहरुको हक हित एब पेशागत अधिकार एब संरक्षणको लागि काम गर्ने छाता संगठन हो।
