गुणस्तरहीन औषधि बजारबाट फिर्ता गर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं । औषधि व्यवस्था विभागले बजार अनुगमनका क्रममा संकलन गरिएको TILSET औषधिको नमुना परीक्षणमा गुणस्तर मापदण्ड पूरा नभेटिएपछि उक्त ब्याचको औषधि तत्काल बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ।

विभागले TILSET 2 ml (Ondansetron Injection IP 2 ml) को ब्याच नं. TAL5C2 परीक्षणका क्रममा IP 2022 अनुसार Assay परीक्षणमा मापदण्ड पूरा नगरेको श्री राष्ट्रिय औषधि प्रयोगशालाको परीक्षणबाट पुष्टि भएको जनाएको छ।

उक्त औषधि जनवरी २०२५ मा उत्पादन भई डिसेम्बर २०२६ सम्म प्रयोगयोग्य रहेको उल्लेख छ। यसलाई भारतको Tablets (India) Limited ले उत्पादन गरेको हो भने नेपालमा Yeti Pharmachem Distributors Pvt. Ltd. ले आयात गरेको विभागले जनाएको छ।

विभागले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त ब्याचको औषधिको बिक्री–वितरण रोक्न, बजारबाट तत्काल फिर्ता गर्न तथा फिर्ता गरिएको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आयातकर्तालाई निर्देशन दिएको छ।

साथै, विभागले उक्त ब्याचको औषधिको सिफारिस, बिक्री, वितरण तथा प्रयोग नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!