चितवन । पहिरोको उच्च जोखिमका कारण स्थानीय प्रशासनले आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन सडकखण्ड र चितवनतर्फको पृथ्वी राजमार्गमा सवारी सञ्चालन बन्द गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालद्वारा जारी सूचनाअनुसार चितवन, धादिङलगायत क्षेत्रमा वर्षासँगै पहिरोको जोखिम बढेकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रातिको समयमा सवारी आवागमन रोकिएको हो।
प्रशासनले अत्यावश्यक यात्रा गर्नुपरे स्थानीय प्रशासन तथा सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ। यसअघि पनि शनिबार राति वर्षाका कारण यही सडकखण्ड बन्द गरिएको थियो।