भोटेकोशी बाढीपीडितका लागि मेडभेट फर्माको १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले मेडभेट फर्मा प्रा.लि. ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ। उक्त रकम कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको खातामा जम्मा गरेको हो।

भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक भइरहेका बेला औषधि तथा पशु स्वास्थ्य क्षेत्रमा क्रियाशील मेडभेट फर्माले सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो।

यो सहयोगले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धार कार्यमा योगदान पुग्ने अपेक्षा कम्पनीले गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!