रसुवा बाढीपीडितका लागि कालीमाटी व्यवसायीको ८ लाख ५४ हजार सहयोग

काठमाडौं । रसुवामा आएको बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि कालीमाटी तरकारी तथा फलफूल थोक बजार संयुक्त व्यवसायीले रु. ८ लाख ५४ हजार ३ सय सहयोग गरेको छ।

बाढीपीडितको राहत तथा पुनःस्थापना अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले संकलित उक्त रकम कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीज्यूलाई हस्तान्तरण गरिएको हो। सहयोग रकम रसुवा बाढीपीडितको तत्कालीन राहत तथा पुनःस्थापनाका कार्यमा उपयोग गरिने जनाइएको छ।

प्राकृतिक विपद्का बेला पीडित नागरिकलाई सहयोग गर्न निजी क्षेत्र तथा व्यवसायी समुदायको समेत महत्वपूर्ण भूमिका रहने भन्दै कालीमाटीका व्यवसायीहरूले मानवीय सहयोगको भावना अघि बढाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!