कांग्रेस महाधिवेशन: अन्तर्राष्ट्रिय अनुभवसहित डा. बगालेको केन्द्रीय सदस्य (खुला युवा) मा उम्मेदवारी

काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा चिकित्सक डा. आयुष बगालेले केन्द्रीय सदस्य (खुला युवा) पदमा उम्मेदवारी घोषणा गरेका छन्।

संयुक्त राज्य अमेरिका र क्यानडामा हासिल गरेको अन्तर्राष्ट्रिय क्लिनिकल अनुभव र आधुनिक ज्ञानलाई पार्टीको नीति तथा नेतृत्व तहमा जोड्ने उद्देश्यका साथ बगाले चुनावी मैदानमा उत्रिएका हुन्।

‘एकरुपताको सक्षमता, परिवर्तनको सदस्य, संस्थागत सुधारका साथि, सबल कांग्रेस अबको विकास’ भन्ने मूल नारासहित बगालेले पार्टीभित्र नयाँ पुस्ताको प्राविधिक तथा पेशागत दक्षता, जिम्मेवार राजनीतिक संस्कार र संस्थागत सुदृढीकरणका लागि महाधिवेशन प्रतिनिधिहरूसँग साथ, सहयोग र मतको अपिल गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!