कांग्रेस महाधिवेशन : केन्द्रीय सदस्यमा खुमा प्रसाद अर्यालको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुमा प्रसाद अर्यालले केन्द्रीय समिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

अर्यालले ‘कर्म, इमानदारी, एकता, मिशन र क्षमता’लाई आफ्नो उम्मेदवारीको मुख्य आधार बनाएका छन्। उनले पार्टीलाई थप सुदृढ, संगठित र जनतामाझ प्रभावकारी बनाउन आफ्नो भूमिका रहने बताएका छन्।

उम्मेदवारी घोषणासँगै अर्यालले “कर्मले बनेको नेता, इमानदारीको प्रतीक” भन्ने सन्देश अघि सारेका छन्। उनले जनताको साथ, समर्थन र विश्वासलाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा प्रस्तुत ्गरेका छन। अर्यालले पार्टीभित्र संगठन सुदृढीकरण, एकता, अनुशासन र जनतासँगको सम्बन्धलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले नेपाली कांग्रेसको आगामी नेतृत्वलाई थप जनमुखी, जिम्मेवार र परिणाममुखी बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। “जनताको साथ, पार्टीको साथ, सबैको साथमा” भन्ने नारासहित उनले महाधिवेशन प्रतिनिधिसँग मत मागेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!