पोल्ट्री ब्यबसायीद्वारा गृहमन्त्री संग भेटघाट : पोल्ट्रीजन्य पदार्थको अवैध आयात नियन्त्रणको माग

काठमाण्डौ, २९ चैत्र २०७९ः

रत्न काजि प्रजापति

पोल्ट्री ब्यबसायीहरुले आज उपप्रधानमन्त्री एव गृह मन्त्री नारायणकाजी श्रेष्ठ सग भेटघाट गरेको छ।

नेपाल कुखुरा व्यवसायी मञ्च र नेपाल हयाचरी उद्योग सघका केन्द्रिय उपाध्यक्ष एब पोल्ट्री ब्यबसायी ज्ञानवहादुर बिसुरालको नेतृत्वमा नेपाल भेटेरिनरी ए्शोसियसनका केन्द्रिय अध्यक्ष डा सितलकाजी श्रेष्ठ र महासचिव डा अशेष भट्टराई सम्मिलित टोलिले उपप्रधानमन्त्री एव गृह मन्त्री श्रेष्ठ सग भेटघाट गरि नेपालको पोल्ट्री क्षेत्रमा भारतीय सीमा नाकाहरुबाट अवैध रुपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरु प्रमुख चुनौतीको रूपमा रहेको जानकारी दिनु हुदै सो को नियन्त्रणका लागि राज्य र सुरक्षा निकाय अत्यन्त गम्भीर बन्नु पर्ने आवश्यकता औल्याउदै सुरक्षा निकायलाइ आवश्यक निर्देशन दिन माग गर्नु भयो। उहाहरुले अबैध रूपमा आयात हुने पोल्ट्रीजन्य वस्तुहरु ब्रोइलर चल्ला, तयारी कुखुरा, फ्रोजन मासु प्रमुख चुनौतीका रुपमा रहेको जानकारी मन्त्री श्रेष्ठलाई दिनु भयो।

भारतीय सीमा नाकावाट अवैध रुपमा चल्ला, कुखुरा, तयारी मासु र अण्डा दिनहुँ भित्रिदा बर्ड फ्लु रोग भित्रने सन्त्रास र राजश्व चुहावट समेत हुने, भारतवाट प्रज्ञापन पत्र लिएका मालबाहक कन्टेनरहरुमा स्वीटकर्न उल्लेख भएता पनि चेक गर्दा कुखुराको मासु, माछा भेटिने गरेको समेत मन्त्री श्रेष्ठलाई जानकारी गराउनु भयो।

भेट पछि गृहमन्त्रीले मन्त्रालय पोल्ट्री व्यवसायीका समस्या प्रति अत्यन्तै संबेदनशिल रहेको बताउदै मन्त्रालय पोल्ट्री व्यवसायका समस्या र अबैध नियन्त्रणका लागि हामी अत्यन्त गम्भीर भएर लाग्ने बता उनु भयो।

“अबैध रूपमा आयात भएका पोल्ट्रीजन्य बस्तुहरुका सवारी साधान, मालसमानका गाडी रोकेर सिधै मन्त्रालयमा पठाइ सहयोग गरिदिए कार्वाहीको लागि सहज हुनेछ। ” मन्त्री श्रेष्ठले भन्नु भयो। ” सुरक्षा निकायलाइ हामी परिचालन र कडाइ गर्न निर्देशन दिन्छौ त्यति गर्दागर्दै पनि व्यवसायीहरुले कहिँ कतै अवैध रूपमा आएको भेट्टाउनू भयो भने फोटो खिचेर सिधै गृह मन्त्रालयको सचिवालय मा पठाइ दिनु होला म कार्वाही गर्ने छु ।” ब्यबसायीलाई आस्वस्त पार्दै मन्त्री श्रेष्ठले भने।

नेपालका नेपालगन्ज, कृष्णनगर, भैरहवा, धकधई, तौलिहवा, त्रिवेणी, परासी, विरगन्ज, वारा, पर्सा, रौतहट, सर्लाही, मलंगवा, जलेश्वर, विराटनगर, नाकाहरुबाट अवैध रुपमा कुखुरा, तयारी मासु, चल्ला, अण्डा आयात हुदा नेपाली पोल्ट्री ब्यबसाय धरासायी हुने अबस्थामा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!