मध्यपुर थिमि, चैत्र २९, २०७९ः
रत्न काजि प्रजापति
मध्यपुर थिमि नगर क्षेत्र भित्र मनाइने ऎतिहासिक तथा पु्रातात्विक महत्व बोकेको बिस्का जात्राको प्रबर्धन गर्ने उद्देश्यले भोलि चैत्र ३० गते ११ बजे काठमाण्डौको बसन्तपुरमा फाेटाे प्रदर्शनी हुने भएकाे छ। राससका बरिस्ठ फोटो पत्रकार मध्यपुर निबासि रत्न कृष्ण श्रेष्ठले बिस्का जात्राका बिबिध अबसरमा खिचेका फोटोहरु उक्त प्रदर्शनिमा राखिने छ।
हरेक वर्ष वैशाख १ र २ गते मध्यपुर थिमिमा भब्यताका साथ मनाउने बिस्का जात्रा सम्बन्धि जानकारी दिने उद्देश्यले आयोजना गरिएको उक्त फोटो प्रदर्शनीमा राससका बरिस्ठ फोटो पत्रकार मध्यपुर निबासि रत्न कृष्ण श्रेष्ठ्द्वारा बिस्का जात्राका बिबिध अबसरमा खिचेका फोटोहरु प्रदर्शनिमा राखिने छ।
प्रदर्शनीले मध्यपुर थिमिमा अत्यन्त भब्यताका साथ मनाईने बिस्का जात्राको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्नुका साथै आन्तरिक एब बाह्य पर्यटनमा सहयोग पुग्ने बिस्वास बरिस्ठ फोटो पत्रकार श्रेष्ठले ब्यक्त गर्नु भयो।
मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन बिकास समितिको आयोजनामा उक्त फोटो प्रदर्शनी हुन लागेको हो।
