मध्यपुर थिमिको बिस्का जात्रा प्रबर्धन गर्दै बरिस्ठ फोटो पत्रकार रत्न

काठमाण्डौ, चैत्र ३०, २०७९ः
रत्न काजि प्रजापति

मध्यपुर थिमिमा भब्यताका साथ मनाईने एतिहासिक बिस्का जात्राको प्रबर्धन गर्ने उद्देश्यले आज बसन्तपुरमा फोटो प्रदर्शनीको आयोजना गरिएको छ।

राससका बरिस्ठ फोटो पत्रकार मध्यपुर थिमि निबासि रत्न कृष्ण श्रेष्ठद्वारा बिभिन्न समयमा खिचिएका बिस्का जात्रा संग सम्बन्धित करिब ९० वटा फोटोहरु प्रदर्शनीमा राखिएको छ।

उक्त प्रदर्शनीको उद्घाटन गर्दै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले यस प्रदर्शनीले मध्यपुर थिमिमा आन्तरिक एब बाह्य पर्यटन प्रबर्धनमा सघाउ पुग्ने बिस्वास ब्यक्त गर्नु भयो।


नगर उपप्रमुख बिजय श्रेष्ठले सांस्कृतिक सम्पदाले भरिपुर्ण मध्यपुर नगरको संस्कृतिलाई पर्यटन संग जोडेर नगरबासिको आर्थिक स्तरमा सकारात्मक परिबर्तन ल्याउनु पर्ने भन्दै यस्ता प्रदर्शनी सहायक सिद्द हुने बताउनु भयो।

मध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन बिकास समितिको संयुक्त आयोजनामा भएको उक्त फोटो प्रदर्शनीमा राखेका फोटोहरु बारे बताउदै फोटोग्राफर रत्न कृष्ण श्रेष्ठ्ले मध्यपुर थिमिमा मनाईने बिस्का जात्राका बिबिध आयामहरु संग सम्बन्धित फोटोहरु प्रदर्शनीमा राखेको जानकारी दिनु भयो। फोटो प्रदर्शनीमा उल्लेख्य दर्शकहरु सहभागि भएको र उहाहरुले अत्यन्तै रुचि पुर्बक फोटोहरुको बारेमा जिज्ञासा राखेको बताउनु भयो।

पुरातात्विक एब सांस्कृतिक महत्वका सम्पदाहरुले भरिपुर्ण मध्यपुर थिमि नगरको पर्यटनको बिकास एब प्रबर्धन गर्दै नगरबासिको आर्थिक स्तर उकास्ने उद्देश्यका साथ हालै पर्यटनबिद रमेश प्रजापतिको अध्यक्षतामा मध्यपुर पर्यटन बिकास समिति गठन भएको हो। समितिको सचिबमा शिब सुन्दर श्रेष्ठ रहनु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!