भक्तपुर, बैशाख १०, २०८०ः
राम चन्द्र प्रजापति
` एकको लागि सबै सबैको लागि योगदान ´´ भन्ने उद्द्घोषका साथ २०५७ सालमा स्थापित योगदान बचत तथा ऋण सहकारी संस्था लि तौलाछें ९ भक्तपुरको संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले २३ औं बार्षिकोत्वसवमा केक काटेर स्थापनाको दिन स्मरण गरियो।
कार्यक्रममा संस्थाकी अध्यक्ष राधेलक्ष्मी लाखाजुले योगदान सहकारी संस्थाले समुदायमा सहकारी संस्थाको माध्यमले आर्थिक सामाजिक सास्कृतिक रुपमा समाज बिकासमा अग्रनी भुमिका महत्वपूर्ण खेलेको बताउनु भएको छ। स साना पुंजिलाई एकत्रित गरि थोरै लगानी धेरै प्रतिफल योगदान सहकारी संथाले दिइरहेको छ । ठुलो ठुलो भवन तथा जग्गा हुदैमा संस्थाले सदस्यको सेवा राम्रो दिएको हुन्छ भन्ने हुदैन।सदस्यलाई सहकारीको माध्यमले आर्थिक प्रगति दिनु नै संस्थाको दायित्व हो।भक्तपुरका सहकारी संस्थाका कतिपय सदस्यहरुको आर्थिक प्रगति भन्दा कमजोर हुँदै गएको पनि नभएको होइन संस्थाका सिमित व्यक्ति धनी हुँदै जाने र धेरै व्यक्ति गरिव हुँदै गएको पनि पाइन्छ। तसर्थ त्यसो नहुनको लागि सदस्यहरुले संस्थाको बारेमा चासो दिनु पर्ने बताउनु भयो।त्यसैले सदस्यको सेवामुखी हुन संचालक समितिले महत्त्वपूर्ण भुमिका खेल्नु पर्ने संस्थाको बार्षिक कार्ययोजना र पाँच बर्षे कार्यक्रम अनुसार अगाडी बढीरहेको छ र आगामी दिनमा संस्थाको अझ प्रगतिको शुभकामना व्यक्त गर्नु भयो।

कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष राम चन्द्र प्रजापतिले योगदान साकोस स्थापनाका सपनाहरु उद्देश्यलाई साकार पार्न महिला नेतृत्वले पूरा गरेको बताउनु भएको छ। स सना पुजिलाई आर्थिक सामाजिक सांकृतिक रुपमा संस्थाले समाज बिकासमा योगदान पुर्याउन सफल संस्था योगदान सहकारी हो। तसर्थ सदस्यहरुको सदैब सेवा सुविधा आर्थिक पारदर्शिता सहकारीको सिद्धान्त मर्म र भावना अनुसार अगाडि बढन सकोस् भनि शुभकामना दिनु भयो।