भक्तपुर, बैशाख ११, २०८०ः
कृष्ण किसि
भक्तपुर नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको छ।
नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १४ औँ वार्षिकोत्सवको अवसरमा सोमबार नगरपालिकका मेयर सुनिल प्रजापतिलाई नागरिक नायक २०८० बाट सम्मान गरिएको हो।
मेयर प्रजापतिलाई नेकपा एमालेका सांसद रघुजी पन्त र नेपाल रिपब्लिक मिडियाकी निर्देशक शोभा ज्ञवालीले सम्मान गरेका हुन्। मेयर प्रजापतिले पनि कार्यक्रम सहजकर्ता नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइटेललाई आखीझाल उपहार प्रदान गरेका थिए।
प्रजापतिले एउटा सानो नगरले शिक्षा, स्वास्थ्य र सम्पदाको क्षेत्रमा समग्र मुलुकलाई आशाको गोरेटो देखाउन सक्षम भएका छन्। उनकै पहलमा भक्तपुर नगरपालिकाले विकासको फरक गोरेटो खनेको छ।