अव्यस्थित तार १५ दिनभित्र हटाउन महानगरको आग्रह

नमाने आफै हटाउने चेतावनी

काठमाडौं, बैशाख १२, २०८०ः

काठमाडौं महानगरपालिकाले सडकमा अव्यस्थित तार हटाउन सम्बन्धित कार्यालय तथा संघसंस्थालाई १५ दिनको समय दिएको छ । आज एक सूचना जारीगरी महानगरपालिकाले सुन्दरतामा कमी आएको, सार्वजनिक आवागमनमा असर परेको र आगलागीलगायतको जोखिम सिर्जना हुनसक्ने भन्दै अनावश्यक तार हटाउन निर्देशन दिएको हो ।

महानगरले बिजुली, टेलिफोन, इन्टरनेट तथा केवल सेवा प्रदायक निकाय तथा संघसंस्थाले पोलमा गुजुल्टो बनाएर राखेका, चुडिँएर तथा लत्रिएर सडकमा छरिएका तार आफैं हटाउन र आवश्यक तारलाई संकेत चिह्न लगाउन निर्देशन दिएको छ । महानगरले उक्त अवधिमा तार नहटाए आफैले हटाउने चेतावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!