काठमाडौं , १२, बैशाख २०८०ः
चितवन क्षेत्र नं.-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् । लामिछाने ५४ हजार १७६ मत प्राप्त गरेर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् ।
रबिले निकटतम प्रतिद्वन्दि भन्दा ४२९६२ बदि मत ल्याएका छन।
गत मंसिर ४ मा भएको निर्वाचनमा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले ्यसपटक मत र मतान्तर बढी ्ल्याएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।