रोहितले यूरोपमा जुनियर बक्सिङ खेल्ने

काठमाण्डौ, बैशाख १४, २०८०ः

अप्रिलको अन्तिममा यूरोपमा हुने जुनियर बक्सिङ नार्भिक कपमा सहभागी जनाउन नेपालको तर्फबाट अछामका मुक्केबाज रोहित जनाना विहिवार त्यसतर्फ प्रस्थान गर्दैछन् । ४० के.जी. तौल समुहमा सहभागी हुंदै गरेका रोहितले सानै उमेरमा अन्तराष्ट्रिय रिङमा प्रतिस्पर्धा जनाउने मौका पांउदा नेपाल प्रोफेशनल बक्सिङ कमिसन प्रति आभार ब्यक्त गरेका छन्। उनको साथमा ख्याती प्राप्त बक्सर म्याक्स बस्नेत ब्यवस्थापकको भूमिकामा रहने छन् ।

सानै उमेरमा अन्तराष्ट्रिय प्रतिस्पर्धाहरुमा सहभागी जनाउन पांउदा नेपाली खेलाडीहरुले राम्रो एक्सपोजर पाउनुका साथै खेलाडिको आत्मविश्वासमा बृद्दि हुन पुगी राम्रो नतिजा आउन सक्ने जानकारी नेपाल प्रोफेशनल बक्सिङ कमिसनका अध्यक्ष राजन प्रजापतिले जानकारी दिनुभएको छ। साथै विगत देखिनै बक्सिङ खेलका माध्यमबाट अन्तराष्ट्रिय मन्चमा नेपाल र नेपालीको नाम उच्च राख्दै आएको अवगत गराउदै उनले रोहितलाई सफलताको शुभकामना दिएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!