काठमाडौं, वैशाख १४, २०८०ः
युगकवि सिद्धिचरण प्रतिष्ठानले ‘युगकवि सिद्धिचरण पुरस्कार–२०८०’ प्रा.डा. जयराज आचार्यलाई तथा ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार–२०८०’ पत्रकार चेतनाथ धमलालाई प्रदान गरिने भएको छ।
प्रतिष्ठानका अध्यक्ष वैरागी काइँलाको अध्यक्षतामा बसेको बैठकले युगकवि श्रेष्ठको ११२ औँ जन्मजयन्तीका अवसरमा आउँदो जेठ ९ गते विशेष कार्यक्रम पुरस्कार प्रदान गर्ने भएको छ।
यस प्रतिष्ठानले उपाध्यक्ष प्रा.डा. मोहन लोहनीको संयोजकत्वमा सदस्य पुरुषोत्तम बस्नेत र प्रा.डा. उषा ठाकुरसहित तीन सदस्यीय पुरस्कार छनौट समिति गठन गरेको थियो। समितिको सिफारिसलाई प्रतिष्ठानको बैठकले अनुमोदन गरेको हो।
युगकवि श्रेष्ठ निरङ्कुश राणा शासनविरुद्ध क्रान्तिकारी साहित्य सिर्जना गर्ने जेलनेलसमेत भोगेका एक निर्भिक सर्जकको रूपमा प्रसिद्ध हुनुहुन्छ।