नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको १५ औ बार्षिक उत्सब सम्पन्न

रेडीयोलोजी ब्लक तथा सिटि स्क्यान मेसिन उद्घाटन

मध्यपुर थिमि, बैशाख १५, २०८०ः

मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालले आफ्नो १५ औ बार्षिक उत्सब सम्पन्न गरेको छ। अस्पताल प्रांगणमा आयोजित एक बिशेष समारोहको संघिय सभासद माननिय दुर्लभ थापाले उद्घाटन गर्नु भयो।

सोहि अबसर पारेर अस्पतालले विरामीहरुलाई थप सेवा सेवा दिने उद्देश्यले सिटि स्क्यान मेसिन सञ्चालमा ल्याएको छ ।

करिव ५ करोडको लागतमा मध्यपुर थिमि नगरपालिकाले आफ्नै आन्तरिक रकमबाट सो मेशिन खरिद गरि अस्पतालको १५ औं बार्षिकोत्सवको अवसर पारेर सिटि स्क्यान मेसिन सञ्चालनमा ल्याएको हो । संघीय प्रतिनिधि सभा सदस्य माननिय दुर्लभ थापाले एक कार्यक्रमकाबीच उक्त मेसिनको उद्घाटन गरेको हो ।

उक्त मेसिन सञ्चालनका लागि आवश्यक तयारी गरि केही हप्ता पछि नै पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी गरिरहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!