भक्तपुरमा सहकारी संस्थाहरूको अनुगमन तिब्र

साधारणसभाको प्रतिबेदन नबुझाउने सहकारी निशानामा

भक्तपुर, २०८० वैशाख १९ः
रत्न काजि प्रजापति

भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले मंगलबार भक्तपुर नगरपालिका भित्र रहेका सहकारीहरुको अनुगमन शुरु गरेको छ। समितिले वार्षिक साधारणसभाको प्रतिवेदन समयमा नबुझाएका ४ वटा सहकारी संस्थाहरूको आज स्थलगत अनुगमन ्गरेको छ।

समितिले झीगु ख्वप बचत, कृष्ण बचत, त्रिपुरा सीप विकास बचत र सम्पद् बचत तथा ऋण सहकारी संस्था लि. को स्थलगत अनुगमन गरी आवश्यक सुझाव र निर्देशन दिएको छ।

निरीक्षणका क्रममा सहकारी समितिका सदस्यहरूले आफू कार्यरत सहकारी संस्थाहरूले समयमा मासिक तथा चौमासिक प्रतिवेदन नबुझाएको, संरक्षित पुँजी फिर्ता कोष बचत र ऋणको कारोबारको आधारमा गर्नुपर्नेमा शेयरको आधारमा वितरण गर्ने गरेको, सञ्चालक समितिको बैठक नियमित नबसेको, कार्यक्षेत्र भन्दा बाहिर गएर सदस्यता वितरण गर्ने गरेको, विभिन्न समिति उपसमिति गठन नभएको, हिसाबकिताब सफ्टवेयरमा राख्ने गरेको तर प्रिन्ट निकालेर प्रमाणीकरण नगरेको, नागरिक बडापत्र सूचना पाटी नराखेको, सहकारी संस्थाले कर समयमा नतिरेको, लेखा परीक्षण समयमै नगरेको, सदस्यता वितरणमा सञ्चालक समितिको निर्णय नभएको, सहकारी मूल्यमान्यताअनुसार सञ्चालन नभएको आदि समस्याहरु पाइएको बताउनुभयो ।

समितिले माथि उल्लिखित समस्याहरूलाई समयमै सम्बोधन गरी सहकारी मूल्य मान्यताअनुसार सहकारी संस्थाहरू सञ्चालन गर्न निर्देशन दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!