भक्तपुर- थिमि बौद्ध सम्पदा दर्शन साइकल यात्राको तयारी पुरा

भक्तपुर, बैशाख १९, २०८०ः

भगवान बुद्धको जन्म, सम्बोधिलाभ तथा महापरिनिर्वाण भएको त्रिसंयोगपूर्ण पवित्र दिन वैशाख पूर्णिमा बुद्ध सम्वत् २५६७ को बुद्धजयन्तीको पावन अवसरमा बुद्ध जयन्ती समारोह समिती, मुनि बिहार भक्तपुरको आयोजना तथा साइकल कनेक्ट भक्तपुरको संयोजनमा यही वैशाख २० गते आयोजना हुने भक्तपुर-थिमी बौद्ध सम्पदा दर्शन साइकल यात्राको तयारी पुरा भएको छ।

सो साइकल यात्रा भक्तपुर इनाचो स्थित मुनि बिहारबाट शुरू भई दत्तात्रय- च्याम्हासिह – जगाती – सुर्यबिनायक – शंखधर चोक थिमि- निगु पुखु – बाहाखा बजार- पाटि बिहार पुगेर निकोशेरा -सल्लाघारी – सिद्धपोखरी — थथुबहि – भक्तपुर दरबार क्षेत्र – सुकुल ध्वाका – गाेल्मढि- ईनाचाे हुदैँ मुनिबिहार पुगेर समापन हुनेछ।

बिहान ७ बजे बाट शुरू हुने साइकल यात्रामा ५० जना भन्दा धेरै सहभागीहरूले नाम दर्ता गराइसकेको जानकरी कार्यक्रम संयोजक सुमित बालाले जानकारी दिनु भयो। गत वर्ष पनि बुद्ध जयन्तीको अवसरमा साइकल कनेक्ट भक्तपुरले भक्तपुर नगर भित्र रहेका १६ वटा बौद्ध सम्पदा दर्शन साइकल यात्रा आयोजना गरेको थियो। यस प्रकारको कार्यक्रम आयोजना गरी जनमानसमा बौद्ध धर्म तथा संस्कृति प्रति श्रद्धा जागरण वृद्धि गर्ने महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!