उपत्यकाका सामुदायिक रेडियोहरुको भक्तपुरमा भेला

सैजुको संयोजकत्वमा उपत्यका समिति गठन

भक्तपुर, बैशाख २३, २०८०ः

कृष्ण किसि

काठमाण्डौं उपत्यकामा रहेका सामुदायिक रेडियोहरुको आज भक्तपुरमा भेला सम्पन्न भएको छ । सो भेलाले उपत्यका समन्वय समिति एकोराव गठन गरेको छ । उपत्यकामा रहेको ११ वटा सामुदायिक रेडियोहरु मध्ये ९ वटा रेडियोको सहभागितामा रहेको उक्त भेलाले काठमाण्डौ उपत्यका समन्वय समित गठन गरेको हो । एकोराव बागमति समितिका सदस्य एवं भक्तपुरको रेडियो जनसञ्चारका अध्यक्ष एवं स्टेशन म्यानेजर सुरेश सैंजूको संयोजकत्वमा उपत्यका समन्वय समिति गठन गरिएको हो ।

सहभागि ९ वटा सामुदायिक रेडियो प्रशारकहरुको सर्व सहमतिमा सैंजूलाई संयोजक चयन गरेको हो । नवगिठत समन्वय समितिले उपत्यकाका सामुदायिक रेडियोहरुको अवस्थाहरुको अध्ययन गरी भावि योजनाहरुको अवधारण पत्र बनाउने निर्णय गर्नुका साथै उपत्यकाको मौलिक भाषा संस्कृतिको संरक्षण र प्रवर्धन गर्ने उदेश्यले नेपाल भाषाका कार्यक्रमहरु सञ्चालन गर्ने गरी सामूदायिक सूचना नेटर्वकसँग समन्वय गर्ने निर्णय गरेको छ ।…

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!