१५ दिन भित्र नगरपालिकामा सम्पर्क गर्न निर्देशन
भक्तपुर, २०८० बैसाख २६ः
रत्न काजि प्रजापति
भक्तपुर नगरपालिका सहकारी अनुगमन समितिले मंगलबार भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेँस्थित वाकुपती नारायण बचत तथा ऋण संस्था लि. को अनुगमन गरेको छ ।
अनुगमनको क्रममा संस्थाका पदाधिकारीहरु उपस्थित नभएको र संस्था जिम्मा लिने उमिल श्रेष्ठ मात्र उपस्थित भएकोमा अनुगमनका पदाधिकारीबाट माग भएको कागजातहरु देखाउन नसकेको र पुरानो न्हुछेराम प्रजापतिको अध्यक्षतामा गठन भएको संस्थाको संचालक समितिको एकल निर्णएबाट नँया पदाधिकारीहरुलाई जिम्मा दिएको पाइएको छ । साथै पुरानो बचतकर्ता, ऋणी सदस्य र लेखापरीक्षण प्रतिवेदन समेत समेत नयाँ जिम्मा लिने सञ्चालकहरुलाई नबुझाएको जानकारी प्राप्त भएकोले कागजातहरु १५ दिन भित्र बुझिलिई नपामा पेश गर्न अनुगमन समितिका पदाधिकारीले निर्देशन दिएको छ ।