एस ओ एस हर्मन माइनर विद्यालयमा भर्नामा अनियमितता

भर्नामा अनियमितता नभएको प्रिन्सिपल बजगाईको दाबी

मध्यपुर थिमि, २७ बैशाख, २०८० ।
कृष्ण किसि

मध्यपुर थिमि नगरपालिकाको शुल्क तथा भर्ना अनुगमन समितिले एस ओ एस हर्मन माइनर विद्यालयमा भर्नामा अनियमितता भएको लिखित र मौखिक गुनासोको आधारमा मंगलबार अनुगमन गरेको छ।
शिक्षा समितिले भर्ना अभियान र शुल्कमा भएको अनियमिताको अनुगमन गर्न शुल्क तथा भर्ना अभियान समिति गठन गरेको थियो जसमा संयोजक वडा नं ९ का वडाध्यक्ष सानुकाजि राजवाहाक, सदस्यहरुमा वडा नं २ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठ, अभिभावक संघ नेपाल भक्तपुरका अध्यक्ष रामकृष्ण प्रजापति, वडा सदस्य उजला थापा श्रेष्ठ, शर्मिला विश्वकर्मा र सदस्य सचिवमा शिक्षा शाखा प्रमुख ज्ञानेन्द्र प्रसाद भट्ट रहेका छन।

अनुगमन समितिका संयोजक राजवहाकले अनुगमनमा आउँदा प्रिन्सिपल र सहायक प्रिन्सिपल दुबै नभएको र कसैलाई जिम्मेवारी पनि नदिई कार्यालयमा आएका व्यक्तिहरुको कुरा जिम्मेवारी पूर्वक बहन गर्ने व्यक्तिसम्म नहुने गरी गैर जिम्मेवारी पूर्वक कार्य गरेको साथै फोन गर्दा फोन काट्ने र पछि स्विज अफ गरेकोले गडबड भएको होकि भनि आशंका व्यक्त गर्नुभयो । उहाँले भर्ना अभियानमा आ–आफ्नो मान्छे भर्ना गर्न भागबण्डा गरेको, परीक्षार्थीको उत्तर पुस्तिका साटिएको र पुनःलेखन गराएको, प्रश्नपत्र बाहिरिएको, कति कक्षामा कति सित विद्यार्थीको लागि भर्ना खुलेको र नर्सरी कक्षामा भर्ना छनौट गोलाप्रथाबाट मात्र लिनु भनेकोमा परीक्षा र अन्तर्वाता लिएको र २०८०।१।१७ नगरपालिकाले प्रेषित पत्र कार्यान्वयन भए नभएको र कार्यान्वयन नभएको भए के के बाधा अप्ठ्यारो भएकोले नगरेको आदि विषयमा चलखेल भएको भनि अभिभावकहरुको गुनासोले अनुगमन गरेको बताउनुभयो ।

अभिभावक संघ नेपाल भक्तपुर जिल्ला समितिका अध्यक्ष रामकृष्ण प्रजापतिले दुःखद घडीको अवस्था मलामी गएपनि कसैलाई जिम्मा दिएर जानु पर्ने त्यसरी कार्यालय प्रमुख प्रिन्सिपलले गैर जिम्मवार कार्य भएको भन्दै अनुगमन समितिका संयोजकले फोन गरेको बेलो उठाएर मलामीमा भएकोले सरोकारवाल व्यक्तिहरुसंग भेट्न वा दुई तिर संवाद भएको भए अनियमितता भएको आशंका नलाग्ने थियो तर दुई तिन घण्टा कुराएर अनुगमन टोलीलाई अपहेलना भएको अनुभव भएको बताउनुभयो । उहाँले नेपालको संविधान २०७२ ले देश संघीयतामा गएकोले स्थानीय सरकारलाई माबिसम्मको शिक्षा जिम्मा दिएकोले स्थानीय सरकारको शिक्षा ऐन कानुन र निर्देशन अनुसार विद्यालय सञ्चालन गर्नुपर्ने बताउँदै एस ओ एस बालग्राम अन्तर्गत रहेर संचालन भएको भए त्यसको नीति नियम नगरपालिकाको स्विकृति लिई कार्यान्वयमा ल्याउनुपर्ने बताउनुभयो । उहाँले यो विद्यालय पहिला निमाबिसम्म नेपाल सरकारको स्विकृतिमा संचालित भएको र टुहुरा बालबालिकाको लागि संचालित विद्यालयमा नेपाल सरकारले जनताको जग्गा अधिग्रहण गरी नेपाल सरकारले दिएको सयौं रोपनी जग्गामा अहिले संस्थागत विद्यालय संचालन गरी नाफामूखि सोचमा काम हुनु र विद्यार्थीहरु घट्दै जानाले गुणस्तरमा पनि अभिभावकहरुको विश्वास घटिरहेको छ भन्नुभयो । उहाँले दशौं बर्षदेखि व्यवस्थापन समिति गठन नभई पुरानो नै कायम भएको, एकाइसौं शताब्दीमा राणाको समयमा जस्तै तानाशाही तरिकाले एकलौटी ढंगमा अगाडि बढ्दा शिक्षक, व्यवस्थापन र नगरपालिका सबै चिढिएको बताउनुभयो । उहाँले विद्यालय शिक्षाको मन्दिर भएकोले यसलाई विर्गान नहुने बताउँदै शिक्षकहरु र शिक्षक युनियनसमेत असंतुष्टि रहकोले लोभलालचमा फसेर भर्ना अभियानमा अनियमितता गर्न नहुने बताउनुभयो ।

तर विद्यालयका प्रिन्सिपल रञ्जना बजगाईले भर्नामा अनियमितता नभएको, एस ओ एस बालग्रामको नीति निर्देशन अनुसार काम भएको, शैक्षिक सत्रको संवेदनशील समयमा उच्च जोखिमका साथ नगरपालिकाको निर्देशन अनुसार सात सय भर्ना छनौटको परीक्षा स्थगित गरी स्वीकृति लिएर परीक्षा लिएको र नर्सरीमा गोलाप्रथा बाहेक कोठामा राखेर अतिरिक्त गतिविधि निरिक्षण गरी अभिभावकहरुसंग अन्तवार्ता लिएको, समावेशी कोटा अनुसार परीक्षामा समावेश गराएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!