सामाजिक सञ्जालको दुरूपयोग गरी महिलाको चरित्र हत्या गरेको अभियोगमा केसि पक्राउ

काठमाडौं, बैशाख २८, २०८०ः

सामाजिक सञ्चालको दुरूपयोग गरी महिलाको चरित्रा हत्या गरेको अभियोगमा कीर्तिपुर नगरपालिका-६ बस्ने ३५ वर्षीय नरेन्द्र केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

सामाजिक सञ्जाल फेसवुकमार्फत पीडित महिलालाई ललाई फकाइ अश्लिल जन्य क्रियाकलाप गर्न वाद्यपारी सो को स्क्रिन रेकर्ड गरी पीडित महिलालाई पठाइ आफू अनुकूल फाइदा लीन दबाब दिई उक्त उद्देश्य पुरा नभएपश्चात् पीडितको आफन्त तथा साथीलाई म्यासेन्जरमा अश्लिल क्रियाकलापमा संलग्न भएको स्क्रिन रेकर्ड पठाई दुःख हैरानी दिई चरित्र हत्या गर्ने कार्यमा केसीको संलग्नता रहेको अनुसन्धानबाट खुल्न आएपछि विद्युतीय कारोबार ऐन, २०६३ कसूरमा उनलाई साइबर व्यूरो भोटहिटिबाट खटिएको प्रहरीले प्रहरी वृत्त कीर्तिपुरको सहयोगमा पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!