भक्तपुरको गरूड कुण्ड ः एक परिचय

भक्तपुर च्याम्हसिंहबाट कमलविनायकतिर जाँदा बाटोको पूर्व एउटा सानो दह छ । जसको नाम गरूड दह (कुण्ड) हो । गरूडमाथि चढेको नारायणको मूर्ति रहेको त्यस गरूडका नाभीबाट धाराको रूपमा पानी बगेर आई त्यो सानो दह बनेको छ । त्यसैले पनि त्यस दह गरूड दह नामले प्रचलित छ । उक्त दह अन्दाजी ७ हात लामो, ५ हात चौडा र ४ हात गहिरोमा बनेको छ । त्यस शिला (गरूडको नाभी)बाट बगेको पानी संग बराबर ५ हात जति लामो कालो सर्प निस्केर त्यस ढुङ्गाको नारायण मूतिलाई बेरिरहन्थ्यो । जब मानिसहरू नजिक जान्थे, त्यो बगेको पानीसंग फेरी बगेको पानीमा नाभीबाट नै भित्र गई अदृष्य हुन्थ्यो ।

त्यस दहको पानीको रंग सधैं तीन रंगमा परिवर्तित हुन्थ्यो । आजभोलि धाराबाट पानी त्यति बगेको देखिँदैन । तरपनि दिनमा तीन रंग फेरिरहने कायम भइराखेको छ । मल्ल राजाहरूले त्यस ठाउँको महिमा ठूलो भएको जानी मर्मत गरेर नित्य पूजा लगाउन तलेजुका कामदार जोशीहरूको जिम्मामा गुठीहरू पनि राखिदिएका थिए । केही कालपछि जोशीका सन्तानहरूले पनि त्यस ठाउँमा महादेवको स्थापना गरी देवल बनाइदिए जुन आजसम्म पनि मौजुद रहेको छ ।

 

स्रोत ः भक्तपुर प्राचिनदेखि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!