फरार रायमाझी पक्राउ

काठमाडौं :

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका टोपबहादुर रायमाझी पक्राउ परेका छन्।

प्रहरी उच्च स्रोतका अनुसार उनलाई बुढानीलकण्ठबाट आइतबार साँझ नियन्त्रणमा लिइएको हो। उनले प्रहरीसामु आत्मसमर्पण गरेका हुन्।

सांसद समेत रहेका रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि प्रहरीले पक्राउ पूर्जी जारी गरेको थियो। पक्राउ पूर्जी जारी भएसँगै उनी सम्पर्कविहीन भएका थिए।

यो प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र केसी, पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई सहित १२ जना पक्राउ परेसकेका छन् । यस प्रकरणमा रायमाझीका छोरा सन्दीप भने यसअघि नै पक्राउ परिसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!