मध्यपुर थिमि, बैशाख ३१, २०८०ः
एक्काइसौँ शताब्दीको मागअनुसारको शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई विश्व नागरिक बनाउने उद्देश्यका साथ अगाडि बढिरहेको मध्यपुर थिमिमा अवस्थित विनायक शिक्षा निकेतन स्कुलले आज विद्यालयमा कक्षा १ देखि १० सम्म अध्यापनरत शिक्षक शिक्षिकाहरूका लागि तालिमको आयोजना गर्यो ।
पाठ्यक्रम विकास केन्द्रका पाठ्यक्रम विज्ञ युवराज अधिकारी तथा Project Based Learning का विज्ञ ढुण्डीराज गिरीद्वारा वर्तमान पाठ्यक्रम र मूल्यांकन विधि ,प्रश्नपत्र निर्माण तथा Project Based Learning कसरी गराउने भन्ने विषयमा सञ्चालन गरिएको उक्त कार्यक्रममा सोही विद्यालयका शिक्षक तुलसीहरि प्रजापति र गीता प्रजापतिले आधुनिक शिक्षण कसरी गराउने भन्ने नयाँ सिद्धान्त 5E बारे चर्चा गर्नु भएको सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौलाले जानकारी दिनुभयो।
अन्तरक्रियात्मक शैलीमा आयोजना गरिएको उक्त कार्यक्रमबाट शिक्षक-शिक्षिकाले पाठ्यक्रम , विशिष्टिकरण तालिका, त्रैमासिक कोर्स डिभिजन, मूल्यांकन प्रणाली र एक्काइसौं शताब्दीको प्रभावकारी शिक्षण विधि र प्रक्रिया PBL विषयमा जानकारी प्राप्त गरे ।
कार्यक्रममा बोल्दै प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजको युग सुहाउँदो वैज्ञानिक र गुणस्तरीय शिक्षा विद्यार्थीहरुलाई प्रदान गर्न हरेक शिक्षक-शिक्षिकाले परम्परागत शिक्षण पद्धति लाई हटाएर प्रगतिवादी (progressive) तथा आधुनिक शिक्षण विधि अनुशरण गर्दै प्रविधिमैत्री शिक्षा दिन आफू परिष्कृत हुनुपर्ने र विद्यार्थी अभिभावक सिङ्गाे समाज देश र विश्व परिवेशको चाहना र आवश्यकता बमोजिमको शिक्षण सिकाइ मात्र सफल र प्रभावकारी शिक्षण सिकाइ बन्न सक्ने कुरा बताउनुभयो।