राष्ट्रिय स्वतन्त्र पार्टी सुर्यविनायक नगर समिति गठन: अध्यक्षमा मनोज केसी

भक्तपुर, सुर्यबिनायकः

कृष्ण किसि:

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सभापति रवि लामिछानेको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न सूर्यविनायक नगर समितिको बृहत बैठकले नगर समिति चयन गरेको छ। नबगठित समितिको अध्यक्षमा मनोज केसि चयन हुनु भएको छ।

समितिको उपसभापतिमा राजु राउत, सचिवमा आस्था बस्नेत, कोषाध्यक्षमा दिपेन्द्र परियार छानिएका छन् । यस्तै, सदस्यहरुमा सुशान्त डोटेल, दिनेश न्यौपाने, श्याम कुमार महत, सन्तोषी नगरकोटी, रामकृष्ण देउजा, सुनिला देउजा र शुसिल ढुंगेल रहेका छन् ।

कार्यक्रमलाई सम्बोघन गर्दै सभापति लामिछानेले जनताको पक्षमा काम गर्दै गए वर्तमान सरकारलाई आफ्नो पार्टीले सहयोग गर्ने बताए।

दोषीमाथि कारबाही गर्न र पक्राउ गर्न सरकारलाई खुट्टा नकमाउन आग्रह गर्दै उनल भने, ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई धन्यवाद दिएको र वाइडबडी, यति, ओम्नीलगायतका सबै काण्डहरुको फाइल खोल्दै गए धन्यवाद दिँदै जाने र सहयोग पनि गर्दै जानेछौं । तीन पार्टिका शीर्ष नेता सुटुक्क बसेर भ्रष्टाचार काण्डलाई विषयान्तर गर्न खोजेर दोषीलाई उन्मुक्ति दिन खोजे जनतालाई साथमा लिएर त्यसका विरुद्ध घण्टी बजाउछौं ।’

कार्यक्रममा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सबै पार्टी मिलेर भ्रष्टाचार निर्मूल पार्दै राजनीतिलाई शुद्धीकरण गर्नुपर्ने औंल्याउँदै नेताले भ्रष्टाचार गरेर नियतवश जनतालाई गरीब बनाएको आरोप लगाए ।

रास्वपाका केन्द्रीय सदस्य डा तोसिमा कार्कीले देशमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोच परिवर्तन नभएको भन्दै उनले व्यवस्था नभई देशको अवस्था परिवर्तन गर्ने अभियान आफ्नो पार्टीले चलाएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!