भक्तपुर, २०८० जेष्ठ १ः
भक्तपुरको चुनदेवीमा आइतबार राति भएको आगलागीबाट दुई करोड भन्दा वढीको क्षति भएको छ । आगलागीबाट करिब रु दुई करोड २९ हजार बराबरको धनमाल नष्ट भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
आगलागीबाट टहरामा रहेको काठ चिर्ने मेसिनहरु, फर्निचरका कच्चा पदार्थहरु, बिभिन्न केमिकलहरु, प्लाईउडहरु, काठहरु, जेनेरेटर , कपडा सिलाउने मेसिनहरु, कम्प्रेसर , तयारी फर्निचरका सामानहरु, ग्यास चुलो र सिलिण्डर, क्यामरा, पानी ट्याङ्की, हुन्डाई सान्टो कार १ थानसमेत क्षति भएको जनाएको हो । साथै कारखाना रहेको टहरा संगैको घरमा पनि क्षति पुगेको थियो।
सूर्यबिनायक नगरपालिका ५ चुनदेबी वस्ने वर्ष ३७ को बिजेन चौगुठीले १ तले जस्ताको २ वटा टहरा बनाई संचालन गरेको न्यु दाजुभाई फर्निचर ट्रेडर्समा अचानक आगोलागी भएको थियो । हिजो आइतबार राति सात बजेर आठ मिनेट जादां त्यहाँं आगलागी सुरु भएको थियो ।आगोलागी बाट कुनै मानवीय तथा चौपाया क्षति भने हुन पाएन ।